मिसइन्फर्मेशन र डीसइन्फर्मेशनमा सुधार आवश्यक छ: डिजिटल युगमा जिम्मेवार अभिव्यक्ति र सचेत समाजतर्फ
डिजिटल प्रविधिको तीव्र विकाससँगै संसार एउटा “सूचना समाज”मा रूपान्तरण भएको छ। आजको युगमा सूचना शक्ति हो, प्रभाव हो, र कहिलेकाहीँ हतियार पनि। सामाजिक सञ्जाल, अनलाइन मिडिया, युट्युब, टिकटक, फेसबुकजस्ता प्लेटफर्महरूले सामान्य नागरिकलाई समेत सूचना उत्पादक बनाएका छन्। तर, यही अवसरसँगै एउटा गम्भीर संकट पनि चुपचाप फैलिरहेको छ मिसइन्फर्मेशन र डीसइन्फर्मेशन।
…