१. परिचय (Introduction) १.१ पृष्ठभूमि। (Background): मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपालको संविधानले 'शिक्षा र सूचनाको हक' लाई प्रत्येक नागरिकको अभिन्न अधिकारको रूपमा स्वीकार गरेको छ। तर, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि यो हकको प्राप्ति सधैँ भौतिक र प्राविधिक अवरोधको घेराभित्र रहँदै आएको छ। परम्परागत रूपमा …