सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगन्जमा सूचनाको हक कार्यान्वयनमा जोड दिदै कार्यक्रम सम्पन्न गरेको छ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ ३ गते राष्ट्रिय सूचना दिवस । २०६४ साल भाद्र ३ गतेका दिन नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । सोही सन्दर्भमा यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा सूचनाको हक सम्वन्धी ऐन आएको करिब ढेड दशक बढी भईसक्दा पनि अझै यसको पुर्ण कार्यान्वयन नहुदा आम नागरिकहरु सम्मस्या झेलेका छन भने अर्कोतर्फ भ्रष्टाचार मौलाइरहेको अवस्था रहेको छ । 

नागरिकको नैसर्गिक अधिकार अन्र्तगत पर्ने सूचनाको हकको अनुभुति सहजै गर्न पाइएको छैन । बाँके जिल्लामा सूचनाको हकको कार्यन्वयनको प्रक्रिया अघि बढेपनि प्रभावकारी व्यवस्था देखिन्दैन अझै पनि सूचना लुकाउने प्रबृत्ति, सूचनाको पारदर्शिताको अभाव, सूचना नदिनु, सूचना शाखाको व्यवस्थापन नहुन जस्ता समस्या रहेको सूचना अभियन्ताहरु बताउछन । 

यसैविच दिवसको अवसरमा आज नेपालगन्जमा राष्ट्रिय सूचना दिवस मनाइएको छ । “सूचना मागौ भ्रष्टाचार अन्त्य गरौं ” भन्ने मुल नाराका साथ नेपालगन्जको त्रिभुवन चोकमा दिप प्रज्ववलन कार्यक्रम गरिएको छ ।

सूचनाको हक क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले कार्यक्रममार्फत सचेतनामुलक अभियान गरेको हो ।

कार्यक्रममा बोल्दै अधिबक्ता विश्वजित तिवारीले नागरिकको अधिकारका रुपमा रहेको सूचनाको हकबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै यो ऐनको पुर्ण कार्यान्वयनमा जोड दिनुभयो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, सूचना अभियन्ता शैलेन्द्र बैश्य, रविन्द्र ज्ञवाली, धु्रबराज शर्मा, अधिबक्ता पवन कुमार गुप्ता र चित्र बहादुर केसी, नागरिक समाजका अगुवाहरु जगदिश बहादुर सिंह, निर्मल शाह, टेकनाथ आचार्य लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।