समानुपातिकमा राप्रपाको मत ३ लाख पार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ ।

२१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना चलिरहेको छ । ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाले तीन लाख १६० मत ल्याएको हो ।

यो संख्या गणना भइसकेको कूल सदर मतको ३.१९ प्रतिशत हो । प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्वका लागि कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।