बालेन सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति?


नयाँ मन्त्रीहरूमध्ये दुई जना विद्यावारिधि, १० जना स्नातकोत्तर र ३ जना स्नातक तहसम्म अध्ययन गरेका छन्।
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बालेन्द्र शाह (बालेन) नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । शुक्रबार भएको मन्त्रिमण्डलमा योग्यता र समावेशिता समेतका आधारमा मन्त्रिमण्डल गठन गरिएको पाइएको छ । 

Tata

Futuressoft

RATOPATI PATRO

नवनियुक्त मन्त्रीमध्ये दुई जनाले विद्यावारिधिसम्मको अध्ययन पूरा गरेका छन् । १० जनाले स्नातकोत्तर उत्तीर्ण गर्दा तीन जनाले स्नातक तहसम्म अध्ययन गरेको पाइएको छ । एक जनाको भने उच्च माध्यमिक सरहको शैक्षिक योग्यता रहेको छ । 

नयाँ सरकारका प्रधानमन्त्री बालेनले इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । 

Shivam Cement

दोस्रो वरीयतासहित अर्थमन्त्रीको जिम्मेवारीमा रहेका स्वर्णिम वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सटीबाट विद्यावारिधि तहसम्मको अध्ययन पूरा गरेको उल्लेख गरेका छन् । 

Nabil bank

गृहमन्त्रीसहित सरकारको तेस्रो स्थानमा रहेका सुधन गुरुङले भने ए लेभल गरेका छन् । यो उच्च माध्यमिक विद्यालय स्तरको योग्यता हो । 

Arghakhachi Cement

चौथो वरियतामा रहेर परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका शिशिर खनालले स्नातकोत्तर गरेका छन् । उनले युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेको विवरणमा उल्लेख गरेका छन् । 

त्यस्तै, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारीसहित छैटौँ वरियतामा रहेका पाएका सुनिल लम्सालले काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि गरिरहेको उल्लेख गरेका छन् । 

त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका विराजभक्त श्रेष्ठको शैक्षिक योग्यता स्नातक तहसम्म हो । उनले सान इन्टरनेसनल कलेजबाट स्नातक उत्तीर्ण गरेको जनाएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क पौडेल (गनेश) ले निर्वाचन आयोगमा आफ्नो शैक्षिक विवरण उल्लेख गरेका छैनन् । यद्यपि उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका जनाइएको छ । 

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका सस्मित पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको विवरण निर्वाचन आयोगमा उल्लेख गरेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी निशा मेहताले नर्सिङमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाएका विक्रम तिमिल्सिनाले अष्ट्रेलियाको ग्रिफित विश्वविद्यालयबाट विद्यावारिधिसम्मको अध्ययन पूरा गरेका छन् । 

त्यस्तै, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन गरी दुई मन्त्रालयको जिम्मेवारी पाएकी प्रतिभा रावलले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छिन् । 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले र कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी गीता चौधरी दुवैले कानुनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेको विवरणमा उल्लेख छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिनबाट स्नातकोत्तर गर्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले पनि स्नातकोत्तर तहसम्मकै अध्ययन पूरा गरेको विवरणमा उल्लेख छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।